७ औं संविधान दिवसको अवसर पारी नमस्ते नेपालले आयोजना गरेको दिप प्रज्वलन कार्यक्रम सम्पन भएको छ । कार्यक्रम तिलोत्तमा ४ ड्राइभर टोलमा सम्पन्न भएको थियो ।


कार्यक्रममा संस्थाका अध्यक्ष अर्जुन खरेल को अध्यक्षता, तिलोत्तमा नगरपालिकाका नगर प्रमुख बासुदेब घिमिरेको प्रमुख आतिथ्यता रहेको थियो । त्यस्तै, कार्यक्रममा ने।वि।संघका केन्द्रीय उपसभापति मुक्ती राज पौडेल, ड्राइभर टोल प्रहरी इन्चार्ज कृष्ण बेलबासे र तिलोत्तमा(०४ का अध्यक्ष दिवाकर ढकालको आतिथ्यता रहेको थियो भने संस्थाका सचिव निराजन खरेलले कार्यक्रम सञ्चालन गरेका थिए ।

कार्यक्रमको स्वागत मन्तव्य संस्थाका कोषाध्यक्ष सुशील सुबेदिले राखेका थिए । त्यस्तै, कार्यक्रममा सभापती, प्रमुख अतिथी, अतिथिहरुले सम्बिधानको सन्दर्भ सहित देशको राजनिति परिबेशको चर्चा गरेका थिए । यसैगरी, कार्यक्रममा संस्थाका सदस्य प्रशान्त ज्ञवालीले मन्तव्य सहितको कविता राखेका थिए भने प्रशंसा खनालले आफ्नो कविता सुनाएकी थिईन् ।