४ असोज २०७८, सोमवार
बुटवल, पहिरोको सूचना पाउँदा साथ प्राविधिक लिएर उद्धार र राहतका काम थाल्ने प्रयासस्वरुप पहिरो प्रभावित क्षेत्रमा पुगेका मेयर शिवराज सुवेदीमाथि आपराधिक शैलीमा आक्रमण प्रयास भएको छ ।
पहिरो प्रभावित क्षेत्रमा उद्धार, पुनस्थापना र तत्कालीन राहतसहित करिब डेढ करोड बराबरका सुरक्षा प्रवन्धका काम भइरहेका छन् ।
रातिदेखि परेको पानीले पहिरो खसेर केही घरमा क्षति पुगेको र नाली थुनिएको सूचना पाउँदासाथ उपमहानगरका प्राविधिक लिएर प्रमुख शिवराज सुवेदी प्रभावित क्षेत्रमा जानु भएको हो ।
उहाँसंगै उपप्रमुख गुमादेवी आचार्य, प्रमुख प्रशासकीय अधिकृत शिवप्रसाद रेग्मी, इन्जिनियरहरु सुमन श्रेष्ठ, योगेश चापागाइँ, लक्ष्मण अर्याल, नगर योजना आयोगका अधिकारीसहितको टोली निरीक्षणमा पुगेको थियो ।
पहिराले विस्थापितलाई तत्काल अस्थायी रुपमै सुरिक्षत स्थानमा व्यवस्थापन गर्ने, विस्थापित भएका पहिरो प्रभावित सबैको सुरक्षित आवासका लागि दीर्घकालीन समाधानको पहल गर्ने बारेमा उपमहानगरले मातहतका सरकारसमेत संगको सहकार्यमा योजना बनाइरहेको छ ।
पहिरो प्रभावित क्षेत्रका पीडितलाई प्रत्यक्ष भेट्ने, उद्दारका काममा ढिलाई र कमी हुन नदिने, त्यहाँ भइरहेका सुरक्षा प्रबन्धका कामलाई प्रभावकारी बनाउन लगाउने र प्रत्यक्ष अवलोकन गर्न प्रमुख सुवेदी त्यहाँ जानुभएको हो ।
सोहीक्रममा भिडमा कतैबाट दौडिएर आएका एकजना युवाले प्रमुखमाथि आपराधिक शैलीमा आक्रमण प्रयास गरेका हुन । उनलाई सुरक्षाकर्मीले पहिचान गरेको छ । ज्योतिनगरमा क्षतिको पूर्ण विवरण संकलन भइरहेको छ ।
तस्बिर अमृत गिरी
Seen by Manish Pantha at Sunday 9:15pm
Enter