—माधवकुमार पौडेल
भेनेजुएला दक्षिण अमेरीकी महादेशमा अवस्थीत देश हो । सवा करोड जनसङ्ख्या रहेको विश्वको ३३ औं ठूलो देश हो । राजनितीक र आर्थिक सङ्कटले आक्रान्त भेनेजुएला यतिबेला सामाजिक रुपमा पनि छिन्न भिन्न हुँदै गैरहेको छ । आकाशिदो मुद्रा स्फीति,विद्युत,खाना र औषधी जस्ता आधारभुत आवश्यकताका वस्तुको अभावको चपेटामा त्यहाका जनता परिरहेका छन् ।

सन् २०१४ देखि यता आर्थिक सङ्कटले गाँज्दै गएपछि ३० लाख भन्दा बढी भेनेजुलिएनहरुले देश छोडीसकेका छन् । खासमा के हो त भेनेजुएलाको बढ्दो सङ्कट ?
सन् १९९९ देखी समाजवादी /कम्यूनिष्ट सरकारले सत्ता चलाइरहेको छ । समाजवादी ब्यवस्था आउनु अगाडि तयहाँ ठूलो असमानता थियो । गरिबहरुको उत्थान गर्ने अपेक्षा सहित समाजवादी नितीहरु लागु गरियो (जस्तै ः सरकारद्धारा मूल्य नियन्त्रण) उद्देश्य थियो आम गरिबले आधारभूत आवस्यकताका बस्तु खरिद गर्न सकुन ।

तरद नाफा कम हुने भएपछि ब्यवसायि /व्यापारीहरु खाद्य सामाग्री खानेतेल र घरायसी साामनहरुको उत्पादन र बिक्रिमा रुची देखाएनन् । हरेक क्षेत्रमा राज्य को पकड र हस्तक्षेप बढ्दै गयो । त्यस्तै बढ्दै गैरहेको डलरको कालोबजारीलाइ नियन्त्रण गर्न सन् २०१३ वैदेशीक मुद्राको नियन्त्रणको निति लागु गरियो ।

अहिले भेनेजुएलामा अति मुद्रा स्फीति छ । वार्षिक मुद्रा स्फीति दर १३ लाख प्रतिशत सम्म पुगेको छ । सन् २०१८ को अन्त्यसम्ममा , मुल्यवृद्धि प्रत्येक १९ दिनमा बढेर दोब्बर भैरहेको छ । गत डिसेम्बरमा राजधानी काराकासमा एक कप कफिको मूल्य एक हप्तामा दोब्बरले बढ्ने अवस्था भयो । भोका र नाङ्गा बालबालिका गलिलगल्लिमा भौतारीएर हिडिरहेका छन् । हिंसा जताततै बढ्दो छ । पिउने पानीको समेत चरम अभाव भैरहेको छ । मानविय सङ्कटको कारणले ल्याटिन अमेरिकाको इतिहासमा नै सबैभन्दा ठूलो बसाइ सराइ भैरहेको छ ।
भनिन्छ भेनेजुएलाको सङ्कट द्धन्द वा कुनै प्राकृतिक विपदका कारण श्रृजना भएको होइन । यो त ह्युगो चाभेजका पालादेखि शुरु भएको समाजवादी नितिका कारण हो

सन् १९९९ मा ह्युगो चाभेज शक्तिमा आउँदा जनतामा ठूलो आशा र भरोसा थियो । गरिविको कारणले गहिरोसंग विभाजित समाजमा उनि गरिबहरुका आशाका केन्द्र थिए । उनी गतिशिल तर विवादास्पद नेता थिए ।उनले भेनेजुएलाको समाजवादी आन्दोलनको नेतृत्व गर्न चाहन्थे । चाभेजले पूंजी पलायन रोक्न, स्थानीय उत्पादकलाइ संरक्षण गर्न र श्रम कानुन कार्यान्ययन गर्न, वैदेशिक मुद्रा माथिको पहुँचमा नियन्त्रण गरेका थिए । समाजवादी दर्शन अनुसार सबै गरिबले समान सुविधा पाउने भनेर खाद्य सामाग्रीमा मुल्य कटौती र अनुदानको व्यवस्था गरेका थिए ।

भेनेजुएला विश्वको सबैभन्दा ठूलो तेलको भण्डार भएको देश हो त्यहाँको अर्थतन्त्र तेलमा पूर्णतया निर्भर छ । पहिले कृषिमा आधारित थियो । चाभेजको बोलिभारियन क्रान्ति भन्दा अघि भेनेजुएला मध्यम आय भएको शान्त देश थियो । निर्यातको करिब ९५ प्रतिशत हिस्सा तेलको छ । तेलबाट भएको आम्दानीले आफ्ना महत्वकांक्षा सामाजिक (समाजवादी) कार्यक्रम अगाडि बढाएर लोकप्रिय हुँदै थिए चाभेज । सन् २०१३ अप्रिलमा ह्युगो चाभेजको निधन भयो । झिनो मतले चुनाब जितेर निकोलस मडुरो चाभेजको उत्तराधिकारीको रुपमा उदाए । मडुरोको पहिलो राष्ट्रपती कार्यकालबाट नै भेनेजुएलाको अर्थतन्त्र ओरालो लाग्न थालेको थियो । यसको मुख्य दोष मडुरो र उनको समाजवादी सरकारलाइ दिईदै आएको छ । राष्ट्रपति मडुरोले भने सं.रा. अमेरिका र युरोपका साम्राज्यवादी हरुले श्रृजना गरेको आर्थिक लडाइ (इकोनमिक वार) भन्छन् ।

राजनितिक समस्या ः सन् १९९९ देखि समाजवादी कम्यूनिष्ट सरकारले सत्ता चलाइरहेकोे छ मे २०१८ मा निकोलस मडुरो ६ बर्षे कार्यकालका लागी पुनः निर्वाचित भए उक्त निर्वाचन सबैजसो प्रतिपक्षि पार्टिले वहिस्कार गरेका थिए । राष्ट्रिय सभाका प्रमुख जुआन गुवाइडोले आफूलाइ वैधानीक राष्ट्रपति घोषित गरे । मुडुरोले अमेरिका सँगको सम्बन्ध ब्रेक गरेर त्याहाका कुटनितिज्ञहरुलाइ ७२ घण्टा भित्र देश छोड्न आदेश दिए । मुडुरो बिरोधिहरुले गुवाइडोको समर्थन गरिरहेका छन् भने सरकारी अधिकारीहरु र राष्ट्रिय सेनाले अमेरिकीे साम्राज्यवादको चुनौतीको प्रतिवाद गर्ने भन्दै मडुरोको पक्षमा उभिएका छन् । यसरी भेनेजुएलाको घरेलु राजनीति दुइ ध्रुवमा विभाजित छ ।

अर्जेन्टिना चिली, कोलम्विया, ब्राजिल, क्यानडा,जर्मनी, फ्रान्स र अमेरिका मडुरोले धाँधली गरेर चुनाव जितेको भन्दै उनको बिपक्षमा छन् भने क्यूबा, चिन, रुस, टर्की र इरानले मडुरोको समर्थन गरिरहेका छन् ।
आर्थिक समस्या ः भेनेजुएलाको बैदेशिक मुद्रा आर्जनको प्रमुख श्रोत खनिज तेलको निर्यात हो ।जब सन् २०१४ मा तेलको अन्तर्राष्ट्रिय मूल्यमा ७० प्रतिशतले गिरावट आयो अर्थतन्त्रमा खास समस्या देखा पर्न थाल्यो । कुल ग्राहस्थ उत्पादनको ९५ प्रतिशत तेल निर्यातमा मात्र निर्भर अर्थतन्त्र वैदेशिक मुद्रा सञ्चित नहुँदा आयात गर्न नसक्ने अवस्थामा पुग्यो ।

कुनैबेला भेनेजुएला ल्याटिन अमेरिकाको सबैभन्दा उच्च कुल ग्राहस्थ उत्पादन (जि.डि पी) हुने मुलुक थियो । संसारकै ठूलो तेल भण्डार भएको देश तेलकै कारण समृद्ध थियो । अहिले भने प्रत्येक ५ जनामा ४ जना भेनेजुलिएनहरु गरिब छन् । खाद्य सामाग्रि खरिद गर्न घण्टौ लाइनमा बस्नुपर्छ । औषधि अभावले मानिसहरु मर्न बाध्य छन् । भनिन्छ मडुरो र चाभेजको समाजवाद शासक र सत्तासिनहरुका लागि मात्र भयो । भ्रष्टाचार, आर्थिक अब्यवस्था र निरकुंश शासन अहिलेको भेनेजूएलाको अवस्थाका कारक हुन् ।

आफ्नो मुद्रा (बोलीभार) को मुल्याङ्कन बढि गरिदा स्थानिय उत्पादनहरु देश बाहिर कम प्रतिस्पर्धि भए । विदेशी वस्तुहरु बरु सस्तोमा उपलब्ध हुन थाले । यसले राष्ट्रिय उत्पादनको मागमा गिरावट ल्यायो ।
ह्युगो चाभेजले लागू गरेको लोकप्रिय समाज कल्याणकारी (समाजवादी) नितिले शुरुमा भेनेजुएलाको अर्थतन्त्रलाई केहि माथि उकास्यो । सामाजिक क्षेत्रको खर्चमा बृद्धि ल्यायो । अल्पकालिन रुपमा असमानता कम गर्न सफल रह्यो । गरिबी घट्यो । तर पछि गएर लोकप्रिय (पपुलिष्ट निति), चरम भष्ट्राचार, नातावाद, कृपावाद , आर्थिक र अव्यवस्थापनका कारण असफल भयो । अर्थतन्त्र अस्थीर भयो । जसले गर्दा त्यहाँको समाजमा अस्तव्यस्तता उत्पन्न भएको छ ।
समस्या समाजबादी ब्यवस्थामा कि त्यसको नेतृत्वमा ?

तेलको मुल्य,बाह्य दवाव वा समाजवादको अपरिहार्य नियति । के हो त भेनेजुएलालाई वर्तमान अवस्थामा पुर्याउने कारक तत्व ? यसको मूलकारण हो नितिगत कमजोरी वा गल्ति । मडुरो र चाभेजले अवलम्बन गरेको निजि उधोगहरुको राष्ट्रियकरण,समष्टि अर्थतन्त्रको अब्यवस्थापन र तेल कम्पनिहरु माथिको राज्य नियन्त्रण र हस्तक्षेप ।
तेलमा निर्भर अर्थतन्त्र (पेट्रोस्टेट्सहरु), साउदी अरब ,रुस, नाइजेरिया, एङ्गोला र कुवेतले पनि घट्दो तेलको मूल्यले आफ्नो अर्थतन्त्रमा पारेको प्रतिकुल प्रभाव ब्यहोरे तर भेनेजुएलाको जस्तो नियति भने भोग्नु परेन ।

समाजवाद’ एउटा यस्तो आर्थिक व्यवस्था हो जहाँ देशको सम्पूर्ण अर्थतन्त्रको स्वामित्व पूर्णतया सरकारमा निहित हुन्छ । यसलाइ सामाजिक स्वामित्व पनि भनिन्छ । यस्तो ब्यवस्था अंगिकार गर्ने राष्ट्रलाई समाजवादी राष्ट्र भनिन्छ । समाजवादी ब्यवस्था भएका राष्ट्रहरुलाइ कम्युनिष्ट राज्य पनि भनिन्छ । जहाँ कम्यूनिष्ट पार्टिको एक दलिय शासन हुन्छ । उनीहरुले माक्र्सवाद—लेनिनवाद मान्छन् र आफैलाई समाजवादी घोषण गर्दछन् । यस्तो ब्यवस्था चीन, उत्तर कोरिया ,क्यूवा, लाओस, भियतानाम र बोलिभियामा चलिरहेको छ ।

बर्लिनको पर्खाल ढलेपछि र सोभियत संघको बिघटन पछि गैर कम्यूनिष्ट बिचार राख्नेहरुले भन्ने गर्छन समाजवादी ब्यवस्था वा कम्युनिष्ट शासन चल्दैन र टिक्दैन । समाजवादी बाटोमा अग्रसर भैरहेका माथि उल्लेखित बोलिभिया लगायतका ल्याटिन अमेरिकी देशहरुले सन् २००६ यता देखी राम्रै गरिरहेका छन् । सामाजिक , आर्थिक असमानतालाइ नाटकिय रुपमा कम गर्न सफल भएका छन् ।

नेपालले सिक्नुपर्ने पाठ
यतिवेला नेपालमा नयाँ संविधान लागु छ । दुई तिहाइको कम्युनिष्ट सरकार छ । संविधानले समाजवादको जग तयार गर्ने कुरा प्रस्तावनामा उल्लेख गरेको छ । २०४६ को परिवर्तन पछि प्रजातान्त्रिक धारले मुलुकको नेतृत्व गर्यो । निजिकरण र आर्थिक उदारिकरणको निति अबलम्बन गरियो । अहिले फेरी समाजवादी मर्म अनुसार राज्य नियन्त्रित प्रणालीमा जाने अभ्यास गरिदै छ । कतै हाम्रो नियति फेरी भेनेजुएलाको जस्तो नहोस् । हाम्रा सम्वृद्धिका संवाहक प्रधानमन्त्रीको नियति मडुरोको जस्तो नबनोस । देशको अर्थतन्त्र नखल्बलिओस, सामाजिक सद्भाव, शान्ती र अमनचयन नबिग्रियोस । पृथ्वीको अर्को गोलाद्र्धको परिघटना भएपनि कसरी राजनीतीले अर्थतन्त्र प्रभावित हुन्छ र क्रमै सँग समाजमा त्यस्को प्रत्यक्ष प्रभाव पर्छ भन्ने कुरा नेपाली नेता, राजनीतिक दल र सत्ता संचालकहरुलाई महत्वपूर्ण पाठ बन्नु पर्दछ । भनिन्छ नि इतिहास दोहोरिन्छ ।